दुई महिनामा सरकारले बढायो ९ प्रतिशत बढी पुँजीगत खर्च

<p>काठमाडौं । सँधैका वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि सरकारको पुँजीगत खर्चमा सुस्तता देखिँदै आएको छ । तर, चालु आवको मंसिर ९ गतेसम्म जम्मा १०.०२ प्रतिशत पुँजीगत खर्च गरेको सरकारले त्यसयताको २ महिनाको समयमा थप ९.१५ प्रतिशत खर्च वृद्धि गरेर पुँजीगत १९.१७ प्रतिशत पुर्याएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आवको हालसम्म लक्ष्यको [&hellip;]</p>

काठमाडौं । सँधैका वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि सरकारको पुँजीगत खर्चमा सुस्तता देखिँदै आएको छ । तर, चालु आवको मंसिर ९ गतेसम्म जम्मा १०.०२ प्रतिशत पुँजीगत खर्च गरेको सरकारले त्यसयताको २ महिनाको समयमा थप ९.१५ प्रतिशत खर्च वृद्धि गरेर पुँजीगत १९.१७ प्रतिशत पुर्याएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आवको हालसम्म लक्ष्यको ३७.३१ प्रतिशत अर्थात ५ खर्ब ३० अर्ब ६९ करोड ६८ लाख मात्रै आम्दानी गरेको छ । त्यस्तै, लक्ष्यको ३७.५२ प्रतिशत मात्रै खर्च गरेको छ ।

चालु आवमा सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख आम्दानी गर्ने लक्ष्य राखेकोमा हालसम्म ३६.४५ प्रतिशत कर आम्दानीमार्फत, ४६.८३ प्रतिशत गैरकर आम्दानीमार्फत र ५.५२ प्रतिशत अन्य शिर्षकमार्फत आम्दानी गरेको छ ।

खर्चतर्फ सरकारले चालुतर्फ लक्ष्यको ४२.३७ र वित्तीयतर्फ ३६.४२ प्रतिशत खर्च गरेको कार्यालयको तथ्यांकले देखाएको छ ।

Share News