लक्ष्मी लघुवित्तको नाफा धनात्मक, ईपीएस ९.७५ रुपैयाँ

<p>काठमाडौं । लक्ष्मी लघुवित्तको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा २ करोड १५ लाख रुपैयाँ धनात्मक रहेको छ । गत वर्ष २ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको थियो । पुस मसान्तसम्म लघुवित्तको खद ब्याज आम्दानी १७ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ३३ लाख [&hellip;]</p>

काठमाडौं । लक्ष्मी लघुवित्तको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा २ करोड १५ लाख रुपैयाँ धनात्मक रहेको छ । गत वर्ष २ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

पुस मसान्तसम्म लघुवित्तको खद ब्याज आम्दानी १७ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यसअवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २३ करोड ७७ लाख रुपैयाँ, सञ्चालन नाफा ३ करोड ४ लाख रुपैयाँ र वितरण योग्य नाफा १ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ४४ करोड १६ लाख रुपैयाँ, जगेडा कोष २७ करोड ३८ लाख रुपैयाँ, निक्षेप २ अर्ब २५ करोड रुपैयाँ, सापटी ३ अर्ब ९७ करोड रुपैयाँ र कजौ प्रवाह ६ अर्ब ७० करोड रुपैयाँ गरेको छ ।

लघुवित्तको नाफा धनात्मक भएसँगै प्रतिसेयर आम्दानी पनि ९.७५ रुपैयाँ रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.७७ गुणा र प्रतिसेयर नेटवर्थ १६५.३५ रुपैयाँ रहेको छ ।

लघुवित्तको खराब कर्जा ५.७२ प्रतिशतबाट बढेर ९.६३ प्रतिशत पुगेको छ । लघुवित्तको आधार दर १५.७२ प्रतिशत र कस्ट अफ फण्ड ९.६७ प्रतिशत रहेको छ ।

Share News