खराब कर्जा बढेपछि ग्लोबल आइएमई लघुवित्तको नाफा घट्यो

<p>काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २६.५७ प्रतिशत घटेर ४ करोड ७८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ५१ लख रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको खराब कर्जा ३.८४ प्रतिशतबाट बढेर ४.२१ प्रतिशत पुगेको छ । लघुवित्तको खराब कर्जा र ब्याज [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २६.५७ प्रतिशत घटेर ४ करोड ७८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ५१ लख रुपैयाँ खुद नाफा गरेको थियो ।

लघुवित्तको खराब कर्जा ३.८४ प्रतिशतबाट बढेर ४.२१ प्रतिशत पुगेको छ । लघुवित्तको खराब कर्जा र ब्याज आम्दानी घटेका कारण नाफामा असर परेको हो ।

पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ९१ लाख रुपैयाँ गरेको थियो ।

यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३३ करोड ४० लाख रुपैयाँ, सञ्चालन नाफा ६ करोड ८३ लाख रुपैयाँ र वितरण योग्य नाफा ८७ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ६२ करोड ८९ लाख रुपैयाँ, जगेडा कोष ५० करोड १८ लाख रुपैयाँ, निक्षेप ३ अर्ब २१ करोड ५४ लाख रुपैयाँ र कर्जा प्रवाह ७ अर्ब ५४ करोड रुपैयाँ गरेको छ ।

पुसमसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १५.४६ रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८१.०९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपता ५८.२३ गुणा रहेको छ । यस्तै, आधार दर १३.६४ प्रतिशत, कस्ट अफ फण्ड ८.४० प्रतिशत छ ।

Share News