नाडेप लघुवित्तले डाक्यो १७औं साधारण सभा, मुख्य एजेण्डा के-के छन् ?

<p>काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले १७औं वार्षिक साधारण सभा फागुन ११ गते बिराटनगरमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने वा प्राप्ती [&hellip;]</p>

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले १७औं वार्षिक साधारण सभा फागुन ११ गते बिराटनगरमा बिहान ११ बजे बोलाएको हो ।

लघुवित्तको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने छ ।

साथै, मिर्मिरे लघुवित्तसँग मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा मर्जर सम्बन्धि सैद्धान्तिक सहमति प्राप्त गरेका संस्थाका संचालकहरूको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवस्था भएतापनि मर्जरपश्चात् पुनः निर्वाचन नभएसम्म संचालक पदमा बहाल रहन सक्ने भएकोले मिति २०७६ पुस २८ गते सम्पन्न १३ औं बार्षिक साधारणसभाद्धारा निर्वाचित संचालकहरु मर्जर पश्चात प्रचलित कानून बमोजिम पुनः निर्वाचन नभएसम्मको लागि यथावत बहाल रहने प्रस्ताव पारीत गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २४ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ २३ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।

Share News