एनसेलमा ८ करोड लगानीबाट १ खर्ब नाफा, ६८ अर्ब लग्यो लाभांश

<p>काठमाडौं । एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्नका गठित समितिले एनसेलले ६८ करोड रुपैयाँ लाभांशबापत विदेश लगेको बताएको छ । छानविन समितिका संयोजक तथा पूर्वमहालेखापरीक्षक टंकमणि शर्माले हालसम्म आयाजिटाले एनसेलमा लगानी गरेबापत ६८ करोड रुपैयाँ लाभांश लगेको बताएका हुन् । समितिले सोमबार प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई अध्ययन प्रतिवेदन बुझाउँदै एनसेलले नेपालबाट ६८ करोड लाभांश लगेको [&hellip;]</p>

काठमाडौं । एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्नका गठित समितिले एनसेलले ६८ करोड रुपैयाँ लाभांशबापत विदेश लगेको बताएको छ । छानविन समितिका संयोजक तथा पूर्वमहालेखापरीक्षक टंकमणि शर्माले हालसम्म आयाजिटाले एनसेलमा लगानी गरेबापत ६८ करोड रुपैयाँ लाभांश लगेको बताएका हुन् ।

समितिले सोमबार प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई अध्ययन प्रतिवेदन बुझाउँदै एनसेलले नेपालबाट ६८ करोड लाभांश लगेको बताएका हुन् । विदेशीले गरेको ८ करोड र नेपालीले २ करोड गरेर कम्पनीमा कुल १० करोड लगानी भएको समितिको अध्ययनले देखाएको छ ।

एनसेलले हालसम्म १ खर्ब रुपैयाँ नाफा गरेको अनुसन्धानबाट खुलेको छ । उनका अनुसार एनसेलले हालसम्म सरकारलाई ३ खर्ब २ अर्ब रुपैयाँ राजश्व बुझाएको छ । विभिन्न अदालतले गरेको फैसला अनुसार एनसेलले अझै ८५ अर्ब रुपैयाँ बढी बक्यौता भुक्तान बाँकी रहेको छानविन समितिको निस्कर्श छ ।

Share News