नयाँ बानेश्वरको सडकमा गुड्दागुड्दै भासियो बस

<p>काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर सडकमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो । एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा बस कोल्टो परेर भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका [&hellip;]</p>

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर सडकमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो । एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा बस कोल्टो परेर भासिएको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् ।

यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।

Share News