सरकारी भएका कारण राष्ट्रिय वाणिज्य बैंक वान नम्बर हुन सकिरहेको छैन : अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विगतमा राष्ट्रिय वाणिज्य बैंक नम्बर वान बैंक भएको र नम्बर वान बनाउन कर्मचारीले काम गर्नुपर्ने बताएका छन् । बुधबार बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री महतले कर्मचारीहरुले गुनासो मात्रै गर्ने तर आफूहरुले के गर्छौं भनेर पनि सोच्नुपर्ने बताए । ‘म जुनसुकै कार्यक्रममा जाँदा कर्मचारीहरुले आफ्ना गुनासो मात्रै गर्छन्, तर हामीले के [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विगतमा राष्ट्रिय वाणिज्य बैंक नम्बर वान बैंक भएको र नम्बर वान बनाउन कर्मचारीले काम गर्नुपर्ने बताएका छन् । बुधबार बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री महतले कर्मचारीहरुले गुनासो मात्रै गर्ने तर आफूहरुले के गर्छौं भनेर पनि सोच्नुपर्ने बताए ।

‘म जुनसुकै कार्यक्रममा जाँदा कर्मचारीहरुले आफ्ना गुनासो मात्रै गर्छन्, तर हामीले के गर्छौ भनेर सोच्नुपर्छ’, उनले भने, ‘राष्ट्रिय वाणिज्य बैंक नम्बर वान थियो, यसलाई नम्बर वान बैंक कायमै राख्न कर्मचारीले पनि काम गर्नुपर्छ, यस बैंकको हैसियत यति मात्रै होइन, नम्बर वान बैंक हुनुपर्ने बैंक हो । तर, सरकारी बैंक भएका कारणले नम्बर वान हुन सकिरहेको छैन ।’

उनले संस्थाको समृद्धि भयो भने कर्मचारीको पनि समृद्धि हुने भन्दै आफ्नो व्यक्तिगत सम्पत्ति भन्दा बढी माया गरेर काम गर्नुपर्ने बताए । उनले नेपाल बैंकमा हचुवाको भरमा सुविधा बढाइको र राष्ट्रिय वाणिज्य बैंकमा त्यसो गर्न नहुने बताए ।

उनले अवस्था सुधार भएपछि तलबभत्ता वृद्धि हुने भन्दै कर्मचारीलाई अहिले अपेक्षा नगर्न अनुरोध गरे । ‘सरकारी संस्थामा सरकारले कडाइ गरेको छ, सवारी साधन, भत्ता नदिने देखि तलबभत्तामा कुनै वृद्धि गरेनौं ’, उनले भने, ‘त्यसैले बैंकका कर्मचारीले पनि अहिले त्यो अपेक्षा नगर्नुहोस्, अवस्था सुधार भएपछि तलब भत्तावृद्धि हुन्छ ।’

Share News