दुर्घटनामा मृत्यु भएका आफन्तहरूलाई क्षतिपूर्ति हकदाबी गर्न मनाङ एयरको आग्रह

<p>काठमाडौं । मनाङ एयरले दुर्घटनामा मृत्यु भएका आफन्तहरूलाई क्षतिपूर्ति हकदाबीका लागि निवेदन पेश गर्न आग्रह गरेको छ । मनाङ एयर प्रालिको एयर बस हेलिकोप्टर एच१२५ (९एन–एएनजे)विमान दुर्घटनामा परी मृत्यु भएका आफन्तहरूलाई क्षतिपूर्ति हकदाबी गर्न आग्रह गरेको हो । वि.सं. २०८० असोज २७ गते मनाङ एयरको विमान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ स्थित लोबुचेमा दुर्घटनाग्रस्त भएको [&hellip;]</p>

काठमाडौं । मनाङ एयरले दुर्घटनामा मृत्यु भएका आफन्तहरूलाई क्षतिपूर्ति हकदाबीका लागि निवेदन पेश गर्न आग्रह गरेको छ । मनाङ एयर प्रालिको एयर बस हेलिकोप्टर एच१२५ (९एन–एएनजे)विमान दुर्घटनामा परी मृत्यु भएका आफन्तहरूलाई क्षतिपूर्ति हकदाबी गर्न आग्रह गरेको हो ।

वि.सं. २०८० असोज २७ गते मनाङ एयरको विमान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ स्थित लोबुचेमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा चालक दलको सदस्य क्याप्टेन प्रकाश कुमार सेढाईको मृत्यु भएको थियो ।

प्रचलित कानून अनुसार क्षतिपूर्ति रकम पाउँ भनी उनकी श्रीमती सबिना खड्काले प्रमाणसहित निवेदन प्राप्त भएको मनाङ एयरले जनाएको छ । यदि क्षतिपूर्ति रकम उपर अन्य कसैको दावी लाग्ने भए मुलुकी देवानी संहिता, २०७४ को दफा २३९ (१) बमोजिम हकवालाहरूले ३५ दिनभित्र हकदाबी गर्न कम्पनीले आग्रह गरेको हो । उक्त समयभित्र हकदाबी पर्न नआएमा दाबीकर्ता खड्कालाई क्षतिपूर्ति रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

Share News