सञ्चार माध्यमसँग रवि लामिछानेले मागे माफी

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारमाध्यमसँग माफी मागेका छन् । सोमबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यसअघि केही सञ्चार माध्यम र त्यसका नेतृत्वको विषयमा केही बढी बोलेकोले त्यस विषयमा माफी दिन आग्रह गरेका हुन् । उनले विभिन्न सञ्चार माध्यममा आफ्नो विषयमा सहकारीको विषयलाई लिएर आएका समाचार आधारहीन भएको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारमाध्यमसँग माफी मागेका छन् । सोमबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यसअघि केही सञ्चार माध्यम र त्यसका नेतृत्वको विषयमा केही बढी बोलेकोले त्यस विषयमा माफी दिन आग्रह गरेका हुन् ।

उनले विभिन्न सञ्चार माध्यममा आफ्नो विषयमा सहकारीको विषयलाई लिएर आएका समाचार आधारहीन भएको पनि बताएका छन् ।

‘मैले ग्यालेक्सी टीभी छोडेपछि खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा भएको भनेर आएको छ, यस विषयमा मलाई जानकारी छैन, मैले त्यो पैसा पाएको पनि छैन, त्यो कुनै व्यक्तिबाट किर्ते भएको हुन सक्छ,’ उनले भनेका छन्, ‘मैले विगतमा अपरिपक्वता देखाएर सञ्चार माध्यमको विषयमा केही बढी बोलेँ,  त्यतिबेला केही अपरिपक्वता देखाएँ हाेला, अब परिपक्वता देखाउन प्रयास गर्दैछु, बढी बाेलेकाे भए माफी चाहन्छु ।’

यस्तै, उनले यदि आफूले सो रकम पाएको भए जुनसुकै सजाय पनि भोग्न तयार रहेको बताएका छन् । उनले आफूले बैंकबाट पनि पैसा नपाएको पत्र पाइसकेको बताउँदै विश्वसनियतामा ध्यान दिन पनि सञ्चार माध्यमलाई आग्रह गरे ।

Share News