काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पुर्ब बैंकर अनिलकेशरी शाहले रवि लामिछानेको खातामा १ करोड ५० लाखको चेक डिपोजिट भएको देखिए पनि पैसा नपाएको बताएका छन् । सोमबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘खातामा १ करोड ५० लाख रुपैयाँ जम्मा भएको देखिन्छ । तर, खातामा जम्मा भएको देखिँखैन,उनले भने, ‘क्रेडिट भयो, डेविट भयो, पैसा हातमा आएको छै, यस्ता घटना कहिले काहीँ हुन्छन् ।’
यस्तै, उनले यो किर्ते गर्ने व्यक्तिलाई भने कारवाही हुने बताए । उनले लामिछानेले पैसा नपाएको विषयमा बैंकले चिठ्ठी पठाएको बताए ।
यस्तै, पत्रकार सम्मेलनमा लामिछानेले आफूले गल्ति नगरेको बताए । उनले विगतमा केही व्यक्ति तथा सञ्चार माध्यमको विषयमा गलत बोलेको भए क्षमा दिन पनि अनुरोध गरेका छन् ।