कर्मचारीका बारेमा प्रकाशित समाचारप्रति नेपाल एसबिआई बैंकको गम्भीर ध्यानाकर्षण

<p>काठमाडौं । नेपाल एसबिआई बैंकले बैंकका कर्मचारीका बारेमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै बैंक सदैव निष्पक्ष, पारदर्शी र बैंकिङ अनुपालनमा विश्वास गर्ने बताएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै बैंकले विभिन्न सञ्चार माध्यममा कर्मचारीको बारेमा लगाइएको आरोपका सम्बन्धमा प्रकाशित समाचारको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । साथै, बैंकले यस [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकले बैंकका कर्मचारीका बारेमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै बैंक सदैव निष्पक्ष, पारदर्शी र बैंकिङ अनुपालनमा विश्वास गर्ने बताएको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै बैंकले विभिन्न सञ्चार माध्यममा कर्मचारीको बारेमा लगाइएको आरोपका सम्बन्धमा प्रकाशित समाचारको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
साथै, बैंकले यस सम्बन्धमा अनुसन्धान कार्य शुरूवात गरिसकेको पनि बैंकले जानकारी दिएको छ । अनुसन्धानपश्चात उचित कदम लिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News