काठमाडौं । डिजिटल वालेट आइएमई-पेले कान्तिपुर सिनेमाससँग एक्सक्लुसीभ पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमासकाे एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ ।
कान्तिपुर सिनेमास ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरु हेर्न मिल्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
आइएमई-पेले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको दावी गरेकाे छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।