समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने, सेयर कारोबार रोक्का

<p>बनेपा । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट पत्र लघुवित्त वित्तीय संस्थालाई एक्वायर अर्थात प्राप्ती गर्ने भएको छ । जसको लागि दुबै लघुवित्तले भदौ ७ गते बिहान १० बजे प्रारम्भिक समझदारी पत्र अर्थात एमओयूमा हस्ताक्षर समेत गरिसकेका छन् । प्रारम्भिक समझदारी भएसँगै मनकामना स्मार्ट लघुवित्तका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का भएको छ । मनकामना स्मार्ट [&hellip;]</p>

बनेपा । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट पत्र लघुवित्त वित्तीय संस्थालाई एक्वायर अर्थात प्राप्ती गर्ने भएको छ । जसको लागि दुबै लघुवित्तले भदौ ७ गते बिहान १० बजे प्रारम्भिक समझदारी पत्र अर्थात एमओयूमा हस्ताक्षर समेत गरिसकेका छन् ।

प्रारम्भिक समझदारी भएसँगै मनकामना स्मार्ट लघुवित्तका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का भएको छ ।

मनकामना स्मार्ट लघुवित्तमा दुई जना अधारभूत सेयरधनी रहेका छन् । जसमा अजय गोयनको ८.०४ प्रतिशत सेयर स्वामित्व र अमित कुमार गोयनको ५.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

हालसम्म संस्थाको चुक्ता पुँजी १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ छ । प्राप्ति पश्चात् कायम हुने समता घरेलु लघुवित्तको कुल चुक्ता पुँजी ५७ करोड ५९ लाख रुपैयाँ र कुल शाखा संख्या ९९ वटा हुनेछ । हाल समता घरेलु लघुवित्तले ३ करोड ३२ लाख ८५ हजार ६ रुपैयाँसय बराबरको साधारण शेयर सर्वसाधारणहरुमा थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यु) गर्ने गरि प्रक्रिया अघि बढाईएको जानकारी कम्पनी सचिव विश्व श्रेष्ठले बताए ।

समता घरेलु लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा र मनकामना स्मार्ट लघुवित्तको रजिष्टर्ड कार्यालय रुपन्देहीको सिद्धार्थनगरमा रहेको छ ।

Share News