कालिका लघुवित्तकी संचालक शान्ता पोखरेलको निधन

<p>काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाकी संचालक शान्ता कुमारी पोखरेल (उप्रेती)को निधन भएको छ । पोखरेलको साउन २१ गते हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको लघुवित्तले बताएको छ । उनी संस्थापक समूहतर्फको प्रतिनिधित्व गर्दै लघुवित्तको सञ्चालक थिईन् । पोखरेल साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडकी पूर्व निर्देशक थिइन् । उनले सन् १९९१ देखि [&hellip;]</p>

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाकी संचालक शान्ता कुमारी पोखरेल (उप्रेती)को निधन भएको छ । पोखरेलको साउन २१ गते हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको लघुवित्तले बताएको छ ।

उनी संस्थापक समूहतर्फको प्रतिनिधित्व गर्दै लघुवित्तको सञ्चालक थिईन् । पोखरेल साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडकी पूर्व निर्देशक थिइन् ।

उनले सन् १९९१ देखि २००८ सम्म राष्ट्रिय बीमा संस्थानको सह–प्रबन्धकको रूपमा काम गरेकी थिइन् ।

Share News