सहकारीबाट ऋण लिँदा राखेको धितो बिक्री गरेपछि..

<p>काठमाडौं । सम्झना बहुमुखी सहकारी संस्थाले ऋण चुक्ता गर्न ताकेता गरेको छ । सहकारी संस्थाले कमला अंगाईलाई १५ दिनभित्र ऋण चुक्ता गर्न ताकेता गरेको हो । गोरखाको साविक बुंकोट गा.वि.स. ८ कुवापानी घर भई हाल तारकेश्वर नगरपालिका लोलाङ्ग हाईट काठमाडौँ बस्ने कमला अंगाईले संस्थाबाट ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । उनले वि.सं. २०७३ असार [&hellip;]</p>

काठमाडौं । सम्झना बहुमुखी सहकारी संस्थाले ऋण चुक्ता गर्न ताकेता गरेको छ । सहकारी संस्थाले कमला अंगाईलाई १५ दिनभित्र ऋण चुक्ता गर्न ताकेता गरेको हो ।

गोरखाको साविक बुंकोट गा.वि.स. ८ कुवापानी घर भई हाल तारकेश्वर नगरपालिका लोलाङ्ग हाईट काठमाडौँ बस्ने कमला अंगाईले संस्थाबाट ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । उनले वि.सं. २०७३ असार ३१ गते संस्थाबाट ऋण लिँदा सेयर धितो राखेकी थिइन् । तर, संस्थालाई झुक्काई गलत नियत राखी उक्त धितो बिक्री गरेको संस्थाको भनाइ छ ।

साथै, लामो अवधीदेखि भाखा नाघेको ऋण तिर्न बारम्बार लिखित तथा मौखिक ताकेता गर्दा पनि वेवास्ता गरेको संस्थाको आरोप छ । अबका १५ दिनभित्र ऋणको साँवा, व्याज, हर्जाना र अन्य दस्तुर चुक्ता नगरे कानून र संस्थाको नियम अनुसार कारवाही अगाडी बढाईने संस्थाले चेतावनी दिएको छ ।

ऋणी कमला अंगाई यूरो किड्स किन्डर गार्डेनकी प्रिन्सिपल तथा संस्थापक हुन् ।

Share News