पहिलो आवासीय घर कर्जाको सीमा बढ्यो, दुई करोडसम्म ऋण पाउने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सीमामा वृद्धि गरिदिएको छ । आइतबार सार्वजनिक मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जाको सीमा ५० लाखले बढाउने उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जामा एक करोड ५० लाखको सीमा राखिएको थियो । अहिले भने त्यसलाई बढाएर २ करोड रुपैयाँ पु¥याइएको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सीमामा वृद्धि गरिदिएको छ ।

आइतबार सार्वजनिक मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जाको सीमा ५० लाखले बढाउने उल्लेख गरिएको छ ।

अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जामा एक करोड ५० लाखको सीमा राखिएको थियो । अहिले भने त्यसलाई बढाएर २ करोड रुपैयाँ पु¥याइएको छ ।

निर्माण क्षेत्रलाई थप चलायमान बनाउन राष्ट्र बैंकले आवासीय घर बनाउन ऋण उपलब्ध गराउने नीति बनाएको हो ।
केन्द्रीय बैंकले चालु पुँजी कर्जालाई बैंक तथा वित्तीय संस्थाको सुझावमा पुनरावलोकन गर्ने भनेको छ ।

सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारितसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको मौद्रिक नीतिमा उल्लेख छ ।

Share News