काठमाडौं । समीट लघुविलाई पाप्ति गर्ने प्रस्ताव पारित गर्न नेशनल माइक्रोफाइनान्स लघुवित्तले विशेष साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको जेठ १७ गते बसेको बैठकले असार ३ गते धादिङ्गमा बिहान ११ बजे विशेष सभा बोलाएको हो ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त रसमीट लघुवित्तबीचको मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
दुबै लघुवित्तको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदनका अधारमा सेयर आदान प्रदान अनुपात १ः०.७३ अर्थात् नेशनल लघुवित्तको १०० कित्ता सेयर बराबर समीट लघसवित्तको ७३ कित्ता सेयर कायम हुनेछ ।
मर्जर सम्पन्न भइ एकीकृत कारोबार पश्चात् नेशनल समीट लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । मर्जरपश्चात् अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ, जारी पूँजी र चुक्ता पूँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार रुपैयाँ पुग्नेछ । साथै, प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
लघुवित्तले विशेगा साधारणसभा प्रयोजनार्थ जेठ २५ गतेदेखि साधारण सभासम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।