रेमिटेन्स बन्ड जारी हुने

<p>काठमाडौं । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकलाई लक्षित गरेर सरकारले रेमिटेन्स बन्ड (ऋणपत्र) जारी गर्ने भएको छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । रेमिटेन्सलाई औपचारिक माध्यमबाट भित्र्याउने र यसरी भित्रिएको रकम पूर्वाधार क्षेत्रमा लगानी गरिने उल्लेख गरिएको छ । अहिले पनि वैदेशिक रोजगारीमा रहेकाहरूलाई लक्षित गरेर [&hellip;]</p>

काठमाडौं । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकलाई लक्षित गरेर सरकारले रेमिटेन्स बन्ड (ऋणपत्र) जारी गर्ने भएको छ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

रेमिटेन्सलाई औपचारिक माध्यमबाट भित्र्याउने र यसरी भित्रिएको रकम पूर्वाधार क्षेत्रमा लगानी गरिने उल्लेख गरिएको छ ।

अहिले पनि वैदेशिक रोजगारीमा रहेकाहरूलाई लक्षित गरेर वैदेशिक रोजगार बचत पत्र जारी हुँदै आएको छ। तर, यस्तो बचतपत्रमा न्यून आवेदन पर्ने गरेको छ ।

Share News