काठमाडौं । नेपालको वित्तीय प्रणालीको सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ्ग क्षेत्रको हिस्सा उच्च रहेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणमा वाणिज्य बैंकको हिस्सा उच्च रहेको देखिएको छ ।
गत पुससम्म वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको ८६.६ प्रतिशत हिस्सा रहेको छ । वित्तीय क्षेत्र अन्तर्गत नेपाल राष्ट्र बैंकको अंश १४.७ प्रतिशत, वाणिज्य बैंकको अंश ५८.८ प्रतिशत, विकास बैंकहरुको ६.२५ प्रतिशत, फाइनान्स कम्पनीहरुको १.४८ प्रतिशत र लघुवित्त वित्तीय संस्थाहरुको ५.०६ प्रतिशत अंश रहेको छ ।
यस्तै, नेपाल पुर्वाधार विकास बैंक (निफ्रा)को ०.२६ प्रतिशत, कर्मचारी संचय कोषको ४.६६ प्रतिशत, नागरिक लगानी कोषको २.२२ प्रतिशत, बीमा कम्पनीहरुको ६.५५ प्रतिशत र हुलाक बचत बैंकको ०.०३ प्रतिशत अंश रहेको छ ।