काठमाडाैं । बचतकर्ताको पैसा दिन नसकेका सहकारीलाई समय दिइने भएकाे छ । सहकारी विभागले शुक्रबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै यस्ताे जानकारी दिएकाे हाे ।
विभागका रजिष्ट्रार नमराज घिमिरेले यसकाे लागि बचतकर्ताले धैर्य गर्नुपर्ने बताएका छन् । उनले यस्ता सहकारीले सदस्यलाई विश्वास दिलाउन स्वेतपत्र जारी गर्नुपर्ने बताए ।
दायित्वको कानुनी ग्रहण नगरेसम्म यो सुविधा नपाइने घिमिरेको भनाइ छ । कानुनी रुपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने उनले बताए । ‘बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइन्छ, सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनु पर्छ,’ उनले भने ।
यस्तै, उनले अहिले सहकारी बारे आइरहेकाे विषयवस्तुप्रति सरकारकाे गम्भिर ध्यानाकर्षण भएकाे र यसकाे लागी कार्यदल बनेकाे जानकारी दिए ।
सहकारीमा केही समस्या आइरहेकाे र दैनिक जसाे संचालकहरु भाग्ने गरेकाे बताउँदै उनले भने,’ सहकारीमा तीन किसिमकाे समस्या देखिएकाे छ,
कोभिडपछि अर्थतन्त्रमा परेको समस्याका देखिएकाे बताउँदै उनले भने, ‘वित्तीय कारोबार गर्ने १५ हजार सहकारी रहेकाेमा सहकारीमा समस्या देखिएपछि बचतकर्ताले रकम फिर्ता लिन थाले, यसले राम्रो सहकारीलाई पनि समस्या आयो ।’
यस्तै, सहकारीका सञ्चालकहरुले घरजग्गा लगायत व्यवसायमा लगानी गरेकाे र घरजग्गामा दबाब आउँदा यो अवस्था आएकाे उनले बताए । संचालकले बदनियतले कारोबार गर्दा र आफ्नाे वा आफ्न्तकाे कम्पनीमा लगानी गर्दा समस्या देखिएकाे उनी बताउँछन् ।
यि तीन समस्यालाई समाधान गर्न अर्थतन्त्रको कारणले समस्यामा आएका सहकारीलाई बचत फिर्ताका लागि समय दिने, घरजग्गामा लगानी गरेकालाई स्वतन्त्र छोड्नुको सट्टा सञ्चालकहरुले संस्थाको दायित्व ग्रहण गर्नु पर्ने र बदनियत भएका सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याएर बचत फिर्ता गराउने उनले बताए ।