लाभांशमा अब्बल तर संस्थापकले भटाभट छोड्दै नविल बैंक

<p>काठमाडौं ।  लाभांशको हिसावले नबिल बैंक अब्बल छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले १८।५ प्रतिशत बोनस र ११।५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन बाणिज्य बैंकहरु मध्ये सबैभन्दा उत्कृष्ट हो । अहिले मात्र होइन, नबिल बैंकको लाभांश इतिहास पनि धेरै राम्रो छ । बजारमा सेयरको मूल्य पनि सबैभन्दा [&hellip;]</p>

काठमाडौं ।  लाभांशको हिसावले नबिल बैंक अब्बल छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले १८।५ प्रतिशत बोनस र ११।५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन बाणिज्य बैंकहरु मध्ये सबैभन्दा उत्कृष्ट हो ।

अहिले मात्र होइन, नबिल बैंकको लाभांश इतिहास पनि धेरै राम्रो छ । बजारमा सेयरको मूल्य पनि सबैभन्दा बढी नविलको छ ।त

तर पछिल्लाे समय नबिल बैंकका संस्थापक सेयरधनीहरु एकपछि अर्काे गर्दै बाहिरिन थालेका छन् । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्दै नबिल बैंकबाट धमाधम बाहिरन थालेका हुन् । एनबी बैंक नविलमा बिलय भएपछि संस्थापकहरूकाे सेयर बिक्रीमा वृद्धि भएकाे देखिएकाे छ ।

पछिल्लाे समय हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्टले नबिल बैंकमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको छ । संस्थापक सेयरधनी रहेको हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्टले आफ्नो नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको हो ।

यसअघि गत मंसिर १५ गते बैंकको संस्थापक सेयरधनी इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी बैंक) ले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । आइएफआईसीले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गरेर नबिलबाट बाहिरिने निर्णय गरेको थियो ।

१४० प्रतिशतसम्म प्रतिफल दिएको नबिल बैंकको यस्तो छ लाभांश इतिहास

यस्तै, गत मंसिर ११ गते नै बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेका थिए । योसँगै मंसिरमा मात्रै बैंकले तीन पटक संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ । उक्त सेयर खरिद गर्नको लागि बैंकका संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिएको छ ।

इच्छुक तथा योग्य संस्थापक सेयरधनीले आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्य तोकि ३५ दिनभित्र गोप्य शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । उक्त निवेदन बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरबारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रकृया अगाडि बढाइने बैंकले जनाएको छ ।

Share News