कोषले ब्याज मात्रै खानु हुँदैन, लगानी बढाउनु पर्छ : अनिल उपाध्याय

<p>काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले कोषले लगानीको दायरा फराकिलो बनाउनु पर्ने बताएका छन् । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । &#8216;कोषले ब्याज मात्रै खानु हुँदैन, लगानी बढाउनु पर्छ, रिफाइनान्स गर्नु पर्छ,&#8217; उनले भने । हाल निक्षेप तथा कर्जा सुरक्षण कोषमा ३३ लाख ग्राहक [&hellip;]</p>


काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले कोषले लगानीको दायरा फराकिलो बनाउनु पर्ने बताएका छन् । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘कोषले ब्याज मात्रै खानु हुँदैन, लगानी बढाउनु पर्छ, रिफाइनान्स गर्नु पर्छ,’ उनले भने ।

हाल निक्षेप तथा कर्जा सुरक्षण कोषमा ३३ लाख ग्राहक निक्षेप राखेका छन् भने कर्जा कर्जा १७ लाखले मात्रै पाएका छन् ।

साथै, कोषले नीति परिवर्तन गर्नुपर्ने उनको भनाई छ । र, कोष र बैंक तथा वित्तीय संस्थाबीचको ग्याप अन्त्य गर्नुपर्ने उनको भनाई छ ।

अन्तर्रास्ट्रिय रुपमा कोषले प्रभावकारी काम गरेका छन् । साना तथा मझौला उद्यमी (एसएमई) लाई धितो बिना ऋण दिइरहेको र यसमा कोषले ध्यान दिएर काम गर्नु पर्ने उनले बताए ।

Share News