काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनशील क्षेत्रको कर्जाको प्रिमियम संशोधन गर्नुपर्ने बताएका छन् । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग उक्त माग गरेका हुन् ।
‘अब उत्पादनशील क्षेत्रमा २ प्रतिशत प्रिमियम बढी भयो, यसले धेरै उद्योग समस्यामा छन्, यसलाई संसोधन गर्नु पर्छ,’ उनले भने ।