गरिमा विकास बैंकको देशव्यापी साक्षरता कार्यक्रम सम्पन्न

<p>काठमाडौं । गरिमा विकास बैंकले देशव्यापी वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम सम्पन्न  गरेको छ । बैंकले सोमबार संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम अन्तर्गत बैंकले  बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख लगायत एक हजार कर्मचारीहरु मार्फत [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले देशव्यापी वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम सम्पन्न  गरेको छ । बैंकले सोमबार संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले  बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख लगायत एक हजार कर्मचारीहरु मार्फत करिब ५० हजार ग्राहकलाई सेवा प्रदान गरेको छ ।

बैंकले कार्यक्रम मार्फत आउँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक संजालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुको फाईदाहरु लगायतका विषयहरुको बारेमा जानकारी दिएको थियो । साथै, बैंक खाता खोल्न ईच्छुक ग्राहकमरुको घरआँगनमै बैंक खाता खोलिएको थियो ।

हाल, गरिमा विकास बैैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले डिजिटल बैकिङ्ग अन्तर्गत गरिमा डिजि बटुवा, ईन्टरनेट बैकिङ्ग, भिजा डेविट कार्ड, अनलाईन बैंक खाता मार्फत पनि सेवा दिँदै आईरहेको छ ।

Share News