काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जनालाई आईफोन १३ प्रदान गर्ने भएको छ ।
असोज १ देखि महिनाभर चल्ने यो अभियान अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिने बैंकले जनाएको छ । ।
यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर ५०० वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ । बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज् तथा स्मार्ट च्वाइस टेक्नोलोजिज्सँगको सहकार्यमा ल्याएको हो ।
बैंकले २९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाखभन्दा बढि ग्राहकलाई प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।