काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले चितवनकाे जंगल भिल्ला रिसोर्ट र काठमाडाैंस्थित त्रिसारासँग बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झाैता गरेकाे छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमूख सुहानी गिरी र त्रिसाराका तर्फबाट प्रबन्ध निर्देशक शोभन विर मालाकारले हस्ताक्षर गरेका छन् ।
सम्झाैता अनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, तथा बैकका कर्मचारीहरुले जंगल भिल्ला रिसोर्ट र त्रिसारामा छुट पाउनेछन् । उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ्ग फ्याकट्रीमा समेत उपलब्ध हुने बैंकल जानकारी दिएकाे छ ।
बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्टकाे एकोमोडेशन शुल्कमा १५ प्रतिशत र त्रिसरामा १० प्रतिशत छुट पाउनेछन् ।