
काठमाडौं । प्रभु बैंकले मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याजदर दिने भएको छ । प्रभु बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याजदर दिने भएको हो । बैंकले मुद्दती खाताको प्रभु उन्नती मुद्दती खातामा १५.१३ प्रतिशत ब्याजदर तोकिएको छ ।
राष्ट्र बैंकले एक पटकमा अधिकतम १० प्रतिशतसम्म मात्रै ब्याजदर बढाउन सक्ने व्यबस्था गरेको छ । तर प्रभु बैंकले भने १५.१३ प्रतिशतसम्म ब्याजदर पुर्याएको हो ।
हाल बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्म ब्याज प्रदान गरिरहेका छन् । असोज महिनामा १० प्रतिशतसम्म ब्याजदर बढाएर ब्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १३.२३ प्रतिशतसम्म ब्याजदर तोक्न सक्छन् । तर प्रभु बैंकले भने ३ महिना बढीको प्रभु उन्नती मुद्दतीमा १५.१३ प्रतिशत ब्याजदर तोकेर सार्वजनिक गरेको हो ।
