असोजमा बैंकहरुको ब्याजदर बढ्यो, विकास बैंकको १३ प्रतिशत, फाइनान्सको १३.४७ प्रतिशत पुग्यो

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका छन् । विगत ६ महिनादेखि स्थिर रहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर असोज महिनामा भने बढेको हो । अब असोज महिनामा भने बैंकहरुले १० प्रतिशत थप गरेर व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका हुन् । हाल बैंकहरुले मुद्दती निक्षेपको [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका छन् । विगत ६ महिनादेखि स्थिर रहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर असोज महिनामा भने बढेको हो ।

अब असोज महिनामा भने बैंकहरुले १० प्रतिशत थप गरेर व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका हुन् । हाल बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.१३ तथा संस्थागत तर्फ ९.१३ प्रतिशत दिइरहेका थिए ।

यस्तै, विकास बैंकहरुले पनि आफ्नो ब्याजदर वृद्धि गरेका छन् । विकास बैंकहरुले ब्याजदर बढाएर ब्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएका हुन् ।

यस्तै, फाइनान्स कम्पनीहरुले पनि ब्यक्तिगत मुद्दती निक्षेपमा १३.४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.४७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएका छन् ।

शुक्रबार अर्थात् भदौको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले सूचना प्रकाशन गरी ब्याजदर बढाएको जानकारी गराएका हुन् । यसअघि बिहीबार बसेको नेपाल बैंकर्स एसोशिएसनको बैठकले ६ महिनादेखि स्थिर रहेको ब्याजदर स्वतन्त्र छाड्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेर बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर असोज १ गतेदेखि लागू हुने छ । रेमिटयान्स खातामा भने एक प्रतिशत बढी ब्याजदर तोकेका छन् ।

Share News