कामना सेवा विकास बैंकले बाल दिवसको अवसरमा १८ संस्थालाई गर्यो सहयोग

<p>काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न बालआश्रम, सामुदायिक विद्यालयहरुमा  स्प्रेडिङ्ग स्माइलस भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु सहयोग गरेको छ । बैंकले राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकले प्रदेश १ बाट हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर, काठमाडौंबाट नन्दी माध्यमिक विद्यालय, पोखराबाट रेन्बो [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न बालआश्रम, सामुदायिक विद्यालयहरुमा  स्प्रेडिङ्ग स्माइलस भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु सहयोग गरेको छ । बैंकले राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

बैंकले प्रदेश १ बाट हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर, काठमाडौंबाट नन्दी माध्यमिक विद्यालय, पोखराबाट रेन्बो चिल्ड्रेन होम र जलजला बाल आश्रमलाई आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु सहयोग गरेको छ ।

यस्त बैंकले बुटवलबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्या पिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राइज अप ओर्फयान चिल्ड्रेन होम, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाइन्ड चिल्ड्रेन एजुकेसन सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरेको छ ।

बैंकले यस प्रकारका सहयोगकालाई प्राथमिकतामा राखि आगामी दिनहरुमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

Share News