एनआईसी एशिया बैंकको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने 

<p>काठमाडाैं । एनआईसी एशिया बैंकले खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुरुवात गरेकाे छ । बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूकाे लागि याे नयाँकाे सेवा सुरुवात गरेकाे हाे । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका [&hellip;]</p>

काठमाडाैं । एनआईसी एशिया बैंकले खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुरुवात गरेकाे छ । बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूकाे लागि याे नयाँकाे सेवा सुरुवात गरेकाे हाे ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।

यस सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । जसका लागि रकम पठाउनु हुने विदेशी तथा स्वदेशीले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।

Share News