सेञ्चुरी बैंकका ग्राहकलाई नारायणी सामुदायिक अस्पताल र सिराईचुली होटलमा विशेष छुट

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटलसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैंकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटलमा छुट पाउनेछन् । बैंकका ग्राहकले एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा ९ओपिडी, फार्मेसि, सिटी स्क्यान बाहेक० [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटलसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैंकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटलमा छुट पाउनेछन् ।

बैंकका ग्राहकले एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा ९ओपिडी, फार्मेसि, सिटी स्क्यान बाहेक० शुल्कमा १० प्रतिशत छुट पाउनेछन् भने सिराइचुली होटलमा फुड एण्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेशन शुल्कमा बैंकका ग्राहकले २५ प्रतिशत छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का, एनपिआइ नारायणी सामुदायिक अस्पतालका तर्फबाट अस्पतालका संचालक बिष्णु कुँवर र सिराइचुली होटलका तर्फबाट रिसोर्टका संचालक बिष्णु घिमिरेले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंकले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Share News