काठमाडौंको सुन्दरबस्ती भङ्गालमा एभरेष्ट बैंककाे ११९ औं शाखा 

<p>काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा  उद्घाटन गरेको छ । बैंकले मंगलबार उक्त शाखाको उद्घाटन गरेको हो । बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । बैंकले आफ्नो ११९ शाखा संजाल, ४ [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा  उद्घाटन गरेको छ । बैंकले मंगलबार उक्त शाखाको उद्घाटन गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

बैंकले आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

Share News