काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा फाइनान्स कम्पनीहरुले १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १७ वटा फाइनान्स कम्पनीले १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
तथ्यांक अनुसार सबैभन्दा बढी नाफा गुडविल फाइनान्सले गरेको छ । गुडविल फाइनान्सले साउन महिनामा ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यस्तै, दोस्रोमा सेन्ट्रल फाइनान्सले २ करोड ८० लाख रुपैयाँ, तेस्रोमा पोखरा फाइनान्सले १ करोड ३० लाख रुपैयाँ, चौथौंमा आइसीएफसी फाइनान्स्ले १ करोड २० लाख रुपैयाँ र पाचौंमा गोर्खाज फाइनान्सले १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
यस्तै, श्रीइन्भेष्टमेन्ट फाइनान्सले ७० लाख रुपैयाँ, जानकी फाइनान्सले ६० करोड रुपैयाँ, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सले ४० करोड रुपैयाँ, बेस्ट फाइनान्सले ३ करोड रुपैयाँ र नेपाल सेयर मार्केट फाइनान्सले १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
साउन महिनामा ४ वटा फाइनान्स कम्पनी भने नोक्सानीमा रहेका छन् । जसमा समृद्धि फाइनान्स, नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र क्यापिटल मर्चेन्ट फाइनान्स कम्पनी भने नोक्सानीमा रहेको तथ्याङ्कले देखाएको छ ।
