एनआईसी एशिया बैंकका ग्राहकलाई दराजमा किनमेल गर्दा २५ सयसम्म छुट

<p>काठमाडौं । एनआईसी एशिया बैंकले र दराजबीच सम्झौता भएको छ । बैंक र दराजबीच  दशैंको अवसरमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्दा छुट दिने सम्झौता भएको हो । दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहक महानुभावहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । भदौ २९ गतेदेखि असोज ११ गतेसम्मको लागि [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले र दराजबीच सम्झौता भएको छ । बैंक र दराजबीच  दशैंको अवसरमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्दा छुट दिने सम्झौता भएको हो ।

दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहक महानुभावहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ ।

भदौ २९ गतेदेखि असोज ११ गतेसम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजारसम्म र क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा २५ सयसम्मको छुट पाउनेछन् ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News