साउनमा २६ बैंकको नाफा ९ अर्ब बढी, कुनको कति ?

<p>काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा ९ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २६ वटा वाणिज्य बैंकहरुले सो नाफा गरेका हुन् । जसमध्ये सबैभन्दा बढी नबिल बैंकले कमाएको छ । बैंकले एक महिनामै ८१ करोड रूपैयाँ बढी नाफा [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा ९ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २६ वटा वाणिज्य बैंकहरुले सो नाफा गरेका हुन् ।

जसमध्ये सबैभन्दा बढी नबिल बैंकले कमाएको छ । बैंकले एक महिनामै ८१ करोड रूपैयाँ बढी नाफा गरेको छ । त्यस्तै, बढी नाफा गर्नेको दोश्रोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ७५ करोड २० लाख, तेस्राेमा ग्लोबल आइएमईले ६७ करोड ३० लाख खुद नाफा गरेकाे छ ।

यस्तै, एनआइसी एशियाले ४७ करोड ६० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड २० लाख रुपैयाँ, प्राइम कमर्सियलले ३९ करोड ५० लाख, प्रभुले ३७ करोड ६० लाख, सिद्धार्थले ३७ करोड ५० लाख, एनएमबिले ३६ करोड, एभरेष्टले ३५ करोड ९० लाख, नेपाल बैंकले ३७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

Share News