काठमाडौं । बाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार गत एक सातामा बैंकहरुको निक्षेप ८ अर्बले बढेर ४४ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।
जुन अघिल्लो साता ४४ खर्ब ३७ अर्ब रुपैयाँ थियो ।
बैंकहरुले भदौ १८ गतेदेखि २४ गतेसम्ममा निक्षेपसँगै कर्जा लगानी पनि बढाएका छन् । समीक्षा अवधिमा बैंकहरुले कर्जा लगानी ७ अर्ब रुपैयाँले बढाएर ४१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो सातामा ४१ खर्ब ८१ अर्ब रुपैयाँ थियो ।
यता कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.३६ प्रतिशत रहेको छ । यसअघिको सातामा उक्त रेसियो ८८.२५ प्रतिशत थियो ।