‘तरलताको अभाव भनेर गलत सूचना प्रवाह नगरौं, लगानीयोग्य पुँजीको अभाव हो’

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालमा तरलताको अभाव नभइ लगानीयोग्य पुँजीको अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोलदै उनले नेपालमा तरलता अभाव नभई लगानीयोग्य पुँजीको अभाव भएको बताएका छन् । उनले कार्यक्रममा सबैलाई तरलताको अभाव भन्दै गलत सूचना प्रवाह नगर्न आग्रह पनि गरे [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालमा तरलताको अभाव नभइ लगानीयोग्य पुँजीको अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोलदै उनले नेपालमा तरलता अभाव नभई लगानीयोग्य पुँजीको अभाव भएको बताएका छन् । उनले कार्यक्रममा सबैलाई तरलताको अभाव भन्दै गलत सूचना प्रवाह नगर्न आग्रह पनि गरे ।

अहिले नेपालमा तरलताभन्दा पनि लगानीयोग्य पुँजीको अभाव हो, हामी ठूलो फोरममा छौं, तरलता अभावभन्दा अन्तर्राष्ट्रिय रुपमा पनि गलत सूचना प्रवाह हुन्छ,’ उनले भने ।

यस्तै, उनले हेजिङको व्यवस्थाप्रति राष्ट्र बैंक सकारात्मक भएको बताउँदै उनले सरकारले केही निश्चित सीमा व्यहोर्ने किसिमले हेजिङको व्यवस्था गर्नु पर्ने धारणा राखे ।

उनका अनुसार लगानीकर्तालाई बस्ने, बस्ने र निस्कने वातावरण पनि सहज गराउनु पर्छ । लगानीकर्तालाई अनेक दुख दिने काम गर्यो भने देशमा लगानीको वातावरण बनन्ने बताउँदै त्यसका लागि सरकारले सहज वातावरणको सिर्जना गर्नु पर्ने उनको राय छ ।+

Share News