राष्ट्र बैंकले बाँड्यो नयाँ नोट, कुनलाई कति ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्न शुरु गरेको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपालले बताए । बुधबारदेखि बैंक तथा वित्तीय संस्थार्ला नयाँ नोट उपलब्ध गराएको उनले बताए । बुधबारदेखि ‘क’ वर्गका वाणिज्य बैंकलाई १० करोड रुपैयाँ, [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्न शुरु गरेको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपालले बताए । बुधबारदेखि बैंक तथा वित्तीय संस्थार्ला नयाँ नोट उपलब्ध गराएको उनले बताए ।

बुधबारदेखि ‘क’ वर्गका वाणिज्य बैंकलाई १० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकलाई ५ करोड रुपैयाँ र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराएको उनले बताए ।

बजारको माग अनुसार नयाँ नोट बाड्ने तयारी राष्ट्र बैंकको रहेको भएपनि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने स्टमेट रहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइसकेको भएपनि सर्वसाधारणले भने भदौ २९ गतेदेखि मात्रै पाउने उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुले भदौ २९ गतेदेखि असोज १४ गतेसम्म सर्वसाधारण जनतालाई नयाँ नोट बाड्ने छन् । साथै राष्ट्र बैंकमा खाता रहेकालाई राष्ट्र बैंकबाट नयाँ नोट उपलब्ध गराइने उनले बताए ।

सर्वसाधारण एक व्यक्तिलाई भने १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको उनले बताए ।

Share News