च्यानल फाइनान्सिङ्ग कर्जा दिन नबिल बैंक र युनिलिभर नेपालले गरे सम्झौता

<p>काठमाडौं । नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ्ग सुविधाका लागि सहकार्य भएको छ । नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सिङ्ग सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो । यसअन्तर्गत [&hellip;]</p>

काठमाडौं । नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ्ग सुविधाका लागि सहकार्य भएको छ । नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सिङ्ग सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

यसअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल फाइनान्सिङ्गको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैंभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिङ्ग कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सिङ्गका प्रमुख आर्कषण अन्तर्गत च्यानल फाइनान्सिङ्गले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै, व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुनेछ ।

युनिलिभर नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि च्यानल फाइनान्सिङ्ग सुविधाका साथै अन्य एसएमई कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।

Share News