सर्लाहीको हरिवन नगरपालिकामा सेञ्चुरी बैंकको नयाँ शाखा

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं। १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगैं बैंकको कुल शाखा संख्या १४७ पुगेको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । २०७९ असार मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं। १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगैं बैंकको कुल शाखा संख्या १४७ पुगेको छ ।

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

२०७९ असार मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको देशभर १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Share News