काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले १ हजार दरका नोट छाप्नका लागि अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेसँगै प्रक्रिया सुरु भएको हो ।
राष्ट्र बैंकले मंगलबार एक सूचना प्रकाशन गरी १ हजार दरका नोट छाप्नका लागि बोलपत्र आह्वान गरेको हो । बैंकले १ हजार दरका कुल ४३० मिलियन (४३ करोड) वटा नयाँ नोट छाप्ने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
बोलपत्रमा सहभागी हुनका लागि ४६ दिनभत्रि बोलपत्र पेश गर्न बैंकले आह्वान गरेको हो । साथै बैंकले बोलपत्र पेश गर्दा ४ करोड १५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था मिलाएको छ ।
बोलपत्र पेश गर्दा २० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने जनाएको छ । छनौट भएका कम्पनीले १२० दिनभित्र नोट उपलब्ध गराउनुपर्ने छ ।
