एनआईसी एशियाको एपबाट नेपालपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने

<p>काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । याेसँगै एनआइसी एशिया मोबैंक प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ ।

सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

याेसँगै एनआइसी एशिया मोबैंक प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपालपेको क्युआर स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सक्नेछन् ।

२० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेको एनआइसी एशिया मोबैंकलाई बैंकले भर्खरै ओम्निच्यानल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ ।

Share News