भदौ २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने

<p>काठमाडौं । बैंकहरुले सर्वसाधारणलाई दसैँ, तिहार र छठका लागि भदौ २९ गतेबाट नोट सटही सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गरेपछि बैंकहरुले सर्वसाधरणको लागि भदौ २९ गतेबाट नोट सटही सुविधा प्रदान गर्ने भएको हो । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति [&hellip;]</p>

काठमाडौं । बैंकहरुले सर्वसाधारणलाई दसैँ, तिहार र छठका लागि भदौ २९ गतेबाट नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गरेपछि बैंकहरुले सर्वसाधरणको लागि भदौ २९ गतेबाट नोट सटही सुविधा प्रदान गर्ने भएको हो ।

गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् भने बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

Share News