नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

<p>काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने बैंकले जनाएको छ । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा [&hellip;]</p>

काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् ।

बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने बैंकले जनाएको छ । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

नेपाल बैंकले नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत् ग्राहकहरुलाई वित्तीय सेवा पुर्याउँदै आइरहेको छ ।

Share News