बैंकहरुमा निक्षेप स्थीर, कर्जा बढ्दो

<p>काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप स्थीर देखिएको छ । साउन पहिलो साता ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप दोश्रो सातामा पनि बराबर रहेको छ । यता कर्जा लगानी भने निरन्तर बढ्दो छ । एक सातामा बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ४१ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप स्थीर देखिएको छ । साउन पहिलो साता ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप दोश्रो सातामा पनि बराबर रहेको छ ।

यता कर्जा लगानी भने निरन्तर बढ्दो छ । एक सातामा बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ४१ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले दोश्रो सातामा ४१ खर्ब ८० अर्ब रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८८.४२ प्रतिशत पुगेको छ । अघिल्लो साता अर्थात साउनको पहिलो सातामा यस्तो अनुपात ८८.३५ प्रतिशत थियो ।

Share News