एभरेष्ट बैंक र मोको एपबीच सम्झौता, ग्राहकले अब एटिएम कार्ड बोक्नु नपर्ने

<p>काठमाडौं । मोको डिजिटल वालेट र एभरेष्ट बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात एभरेष्ट बैंकका ग्राहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिङ्क गरी उक्त कार्डहरुबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न [&hellip;]</p>

काठमाडौं । मोको डिजिटल वालेट र एभरेष्ट बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौतापश्चात एभरेष्ट बैंकका ग्राहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिङ्क गरी उक्त कार्डहरुबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे माध्यमबाट १५ सयभन्दा बढि मर्चेन्टकोमा भक्तानी समेत गर्न सक्नेछन् । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

एभरेष्ट बैंकले हालसम्म करिब १२ लाख ग्राहकहरु आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएममार्फत सेवा दिइरहेको छ ।

Share News