काठमाडाैं । सिद्धार्थ बैंकले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंक स्मार्ट एक्स्पीमा अपग्रेड गरेको छ । यसबाट एपमा हुने ठगी नियन्त्रण गर्नुका साथै बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।
बैंककाे अनुसार एफवान सफ्ट इन्टरनेशनलले प्रवद्र्धन गरेको नयाँ एप्लिकेशन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ ।
यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही पासवर्ड प्रयोग गर्न सकिनेछ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।
साथै सिद्धार्थ बैंक स्मार्ट एक्सपीले ठगी नियन्त्रणमा नविनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ । यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वःत प्रमाणित गर्ने क्षमता रहेकाे छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न पाउँदैनन् ।
“ग्राहकहरु मोबाईल बैंकिङ्ग प्रयोग गर्न हिचकिचाइरहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ । अटो–भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनिकरण गरिनेछ र प्रमाणित ग्राहकहरुले मात्र मोबाईल बैंकिङ्ग मार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन्,’ सिद्धार्थ बैंकका एक प्रतिनिधिले भने ।
सिद्धार्थ बैंक स्मार्ट एक्सपी प्ले स्टोर र एप स्टोर दुबैबाट डाउनलोड गर्न सकिन्छ ।