पैसा नभएको बैंकको चेक काट्ने काठमाडौंका निरज पक्राउ, ४२ लाख जरिवाना तिर्नुपर्ने

<p>काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने काठमाडौं वडा नं १० का निरज बुढाथोकी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले बुढाथोकीलाई मंगलबार कोटेश्वरबाट पक्राउ गरेको हो । ३९ वर्षिय बुढाथोकीले निजलाई पैसा नभएको सेन्चुरी बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७७ साल [&hellip;]</p>

काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने काठमाडौं वडा नं १० का निरज बुढाथोकी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले बुढाथोकीलाई मंगलबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

३९ वर्षिय बुढाथोकीले निजलाई पैसा नभएको सेन्चुरी बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।

उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७७ साल पुस २९ गते फैसला गर्दै बुढाथोकीलाई बैकिङ कसुर अन्तरगत ४२ लाख रुपैयाँ जरिवानासहित ८ दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।

Share News