माछापुच्छ्रे बैंकले ल्यायो फोनबाटै लोन लिने सुविधा, कागजात पेश गर्नु नपर्ने

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ्ग एपमा स्मार्ट लोन अगेनस्ट फिक्सड डिपोजिट सुविधाको सुरुवात गरेको छ । यससँगै ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बेला लोन अगेनस्ट फिक्सड डिपोजिट सुविधा प्रयोग गरी मोबाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् । कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ्ग एपमा स्मार्ट लोन अगेनस्ट फिक्सड डिपोजिट सुविधाको सुरुवात गरेको छ । यससँगै ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बेला लोन अगेनस्ट फिक्सड डिपोजिट सुविधा प्रयोग गरी मोबाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।

कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको जनाएको छ । यस योजना मार्फत ग्राहकले मुद्दती निक्षेपबाट न्युनतमा ब्याजमा ८० प्रतिशतसम्म कर्जा लिन  सक्नेछन् । बैंकले कर्जा प्रकृया गर्न कुनै पनि शुल्क निलिने जनाएको छ ।

बैंकले ग्राहकले अनलाईन तथा मोबाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा ‘लोन अगेनस्ट एफडी’ सहज तरिकाले आफुले चाहेको समयमा लिन सक्नेछन् ।

 

Share News