घट्दो निक्षेपले पायो निरन्तरता, कर्जा लगानीसँगै बढ्यो सीडी रेसियो

<p>काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप घट्ने क्रम जारी छ । आर्थिक वर्ष लागेसँगै घटिरहेको बैंकहरुको निक्षेप साउनको चौथो सातामा ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ । गत आवको अन्तिम सातामा बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप रकम थियो । हालसम्म आइपुग्दा बैंकहरुको निक्षेप १ खर्ब २० अर्ब रुपैयाँले घटीसकेको छ । साउनको [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप घट्ने क्रम जारी छ । आर्थिक वर्ष लागेसँगै घटिरहेको बैंकहरुको निक्षेप साउनको चौथो सातामा ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ ।

गत आवको अन्तिम सातामा बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप रकम थियो । हालसम्म आइपुग्दा बैंकहरुको निक्षेप १ खर्ब २० अर्ब रुपैयाँले घटीसकेको छ । साउनको तेश्रो सातामा बैंकहरुमा ४४ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको निक्षेप थियो । गत एक सातामा मात्रै २५ खर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

संघका अनुसार कर्जा रकम भने पछिल्लो तीन सातादेखि निरन्तर बढीरहेको छ । साउनको दोश्रो सातामा ४१ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरुले साउनको चौथो सातासम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । त्यस्तै, एक सातामा यस्तो लगानी ९ अर्ब रुपैयाँले बढेको छ ।

कर्जा लगानीबढेसँगै बैंकहरुको सीडि रेसियो पनि बढेको छ । अघिल्लो साता ८७.६९ प्रतिशत रहेको उक्त रेसियो यो साता बढेर ८८.३५ प्रतिशत पुगेको बैंकर्स संघले जानकारी गराएको छ ।

Share News